प्रियंका, दिपा र स्वस्तिमाको गज्जबको मित्रता, भेट हुँदा खोले एकअर्काको पोल (भिडियो)



११ बैशाख २०७६, काठमाडौँ

नायिका स्वस्तिमा खड्का, दिपाश्री निरौला र प्रियंका कार्कीबीच गज्जबको दोस्ती रहेको छ । यी तीन अभिनेत्री एकअर्काको निकै नजिक रहेका छन् । त्यतिमात्र नभएर प्राय कार्यक्रममा यी अभिनेत्री एकसाथ पुगिरहेका हुन्छन् ।

यी अभिनेत्रीको मित्रता निकै लोभलाग्दो रहेको छ । एकअर्कासँग भेट्दा यी अभिनेत्रीले निकै रमाइलो समेत गर्ने गरेका छन् । अझ एकअर्काको पोल खोल्न त झन खुब सिपालु छन् । धेरैसमय पछि यी तिनै अभिनेत्री एकसाथ भेटिएका थिए । चलचित्र हजार जुनीसम्म को गीत रिलिज कार्यक्रममा यी अभिनेत्री भेटिएका थिए ।

एकसाथ भेटिदाँ प्रियंका र स्वस्तिमाले दिपालाई उडाउनु उडाएका थिए । दिपाले स्वस्तिमालाई मायाले लाला भनेर बोलाउँछिन् भने प्रियंकालाई पिंकु भनेर बोलाउँछिन् । त्यस्तै प्रियंका र स्वस्तिमाले दिपा आफ्नो आमाजस्तो भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्