अभिनेता विराज भट्टले निर्माण नियन्त्रक शंकरलाई रेष्टुरेन्टमा कुटेपछि…



११ बैशाख २०७६, काठमाडौँ

अभिनेता विराज भट्ट लामो समयपछि फेरि चलचित्रमा फर्किएका छन् । यतिबेला उनी आफू निर्माण गर्न लागेको चलचित्र साङ्लो मा व्यस्त छन् । यसैबीच यहि चलचित्रको विषयलाई लिएर सोमबार बानेश्वरको एक क्याफेमा विराज भट्ट र निर्माण नियन्त्रक शंकरबीच लफडा भएको छ ।

उक्त झगडामा विराजले पहिले शंकरमाथि हात उठाएका थिए । शंकरले आफूले चलचित्र साङ्लो मा काम गर्न नसक्ने बताएका थिए । यस्तैमा विराजले काम नगर्ने भए आफ्नो पैसा फिर्ता मागेका थिए । त्यस्तै शंकरले आफूले यो चलचित्रको लागि ४ महिनादेखि हिडेको भएकाले पैसा फिर्ता नदिने बताएपछि विराजले शंकरमाथि हात उठाएका थिए ।

विराजले हात उठाएपछि शंकरले पनि विराजलाई मुक्का हानेका थिए । आफूले पहिले हात उठाएकाले विराजले शंकरसँग माफी पनि मागिसकेका छन् । अब शंकरले विराजको चलचित्रमा काम नगर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्