रातो परिहरमा खुलेको साम्राज्ञीको सुन्दरता



१० बैशाख २०७६, काठमाडौँ

पछिल्लो समयकी निकै व्यस्त र चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला चलचित्र मारुनी को सुटिङमा व्यस्त छिन् । चलचित्र मारुनी को छायांकन अन्तिम चरणमा पुगेको छ ।

प्राप्त जानकारी अनुसार चलचित्रको सम्पूर्ण छायांकन अब केही दिनमै सकिने छ । चलचित्र मारुनी मा साम्राज्ञी र पुष्पल खड्काको मुख्य भूमिका रहेको छ । त्यस्तै चलचित्रको सेटबाट केही तस्बिरहरु सार्वजनिक भएका छन् । उक्त तस्बिर चलचित्रमा समावेश सक्दिन कि बाँच्न गीतको भएको बताइएको छ ।

तस्बिरमा नायिका साम्राज्ञीलाई रातो गाउनमा देख्न सकिन्छ । साम्राज्ञी उक्त ड्रेसमा निकै नै राम्री देखिएकी छिन् । साम्राज्ञीले लगाएको ड्रेसको डिजाइनर चलचित्रकी निमात्री आफैँ भएको बताइएको छ । चलचित्र मारुनी आउँदो भदौ ८ बाट प्रदर्शनमा आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्