भर्खरै पिता बनेका आर्यनलाई प्रियंकाले प्रेसमिटमै जिस्काइन्, आर्यनको हाँसोले तातियो माहोल (भिडियो)



१० बैशाख २०७६, काठमाडौँ

चलचित्र हजार जुनीसम्म को भर्खरै मात्र पहिलो गीत सार्वजनिक भएको छ । यस्तै गीत रिलिज कार्यक्रममा भएको प्रेसमिटमा चलचित्रका सबै कलाकार उपस्थित भएका थिए । त्यस्तै प्रेसमिटमा निकै रमाइलो माहोल बनेको थियो ।

गीत रिलिज कार्यक्रममा सबैभन्दा आकर्षकको केन्द्रबिन्दु अभिनेता आर्यन सिग्देल बनेका थिए । उनी भर्खरै मात्र आफ्नो पहिलो सन्तानको पिता बनेका छन् । बाबु बनेपछि आर्यन पहिलो पटक मिडियामा देखिएका थिए । त्यसैले नायिका प्रियंका कार्कीले उनलाई जिस्काउन पनि भ्याइन् ।

त्यस्तै प्रेसमिटमा आर्यनको हाँसोले त्यहाँको माहोल नै तातिएको थियो । उनी बाबु बनेपछि निकै नै खुसी देखिएका छन् । त्यस्तै प्रेसमिटमा स्वस्तिमाले यसपटकले विकास आचार्यले आफूलाई सुटिङमा गाली गरेर आफू रोएको समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्