सफ्टवेयरमा समस्या : भएन शेयर कारोबार



१३ चैत २०७५, काठमाडौँ

प्राविधिक समस्या आएपछि आज नेपाल स्टक एक्सचेञ्जको शेयर कारोबारमा समस्या आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज अपराहन १.४२ देखि शेयर कारोबारमा समस्या देखिएको हो ।

स्टकका प्रवक्ता मुराहरि पारजुलीले प्राविधिक समस्याका कारण कारोबारमा समस्या आएको र समय थप गरेर भएपनि कारोबार गराउने तयारी गरिएको छ । उहाँले थापाथलीमा रहेको ‘डेटा हव’ मा समस्या आएको र त्यसको निरुपणका लागि प्रयास भइरहेको जानकारी दिनुभयो ।

कालिका सेक्युरिटीजका प्रमुख नरेन्द्र सिजापतिले प्राविधिक समस्याका कारण आज शेयर खरीद बिक्री गर्न नसकिएको जानकारी दिनुभयो । उहाँले पनि सफ्टवेयरका कारण कारोबारमा उल्झन देखिएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्