साहित्यकार ‘निमेष’को दोस्रो उपन्यास ‘फेब्रुअरी–१४’ लोकार्पण !



२७ माघ २०७५, काठमाडौं

साहित्यकार ‘निमेष पौडेल’ को दोस्रो उपन्यास ‘फेब्रुअरी–१४’ विमोचन भएको छ ।

उपन्यास आज कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विमोचन गरिएको हो । बुलबुल पब्लिकेशनले बजारमा ल्याएको उपन्यासमा, विशेषतः युवा–यूवतीको प्रेम कथालाई समेटिएको लेखक पौडेलले बताएका थिए ।

पहिलो कृति ‘फाइभ मन्थ्स्’ आम–पाठकहरुमाझ ल्याईसकेका पौडेलले दोस्रो उपन्यास पनि लञ्च गरेका हुन् ।

उपन्यास लेखकका आमा निशा पौडेल, युवा ज्योत्तिस हरिहर अधिकारी, बुलबुल पब्लिकेशनका प्रकाशक तथा संचारकर्मी अच्यूत घिमिरे, तथा लेखक स्वयंले सयुक्त रुपमा लोकार्पण गरेका थिए ।

यो पनि पढ्नुहोस् !

साहित्यले जन्माएका ‘निमेष’ ! साहित्यमै हुर्किदैँ !(भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्