सानैदेखि चलचित्रको हिरो बन्ने सपना थियो : विराज भट्ट



१८ माघ २०७५, काठमाडौँ

विराज भट्ट नेपाली चलचित्र क्षेत्रका निकै स्थापित नायक हुन् । अझ उनी दर्शकमाझ आफ्नो एक्सनका कारणले लोकप्रिय बनेका छन् । आजपनि दर्शकले उनको अभिनयलाई भन्दा पहिले उनको एक्सनलाई नै सम्झिन्छन् ।

नेपाली चलचित्र क्षेत्रमा दर्शकको राम्रो साथ पाइरहेका विराज पछिल्लो समयमा भोजपुरी चलचित्रमा बढी होमिन थाले । त्यसपछि उनी नेपाली चलचित्रमा फर्केनन् । करिब ५ बर्षको अन्तरालपछि उनले जय पर्शुराम नामक चलचित्रमा काम गरे । तर विडम्बना उनको उक्त चलचित्र सफल हुन सकेन ।

विराजले एक अन्तवार्तामा आफ्नो जीवनबारे केहि बताएका छन् । उनले आफूलाई सानैदेखि चलचित्रमा आउने र हिरो बन्ने सपना रहेको बताए । उनले सुरुवाती दिनमा आफूलाई यस क्षेत्रमा आउन परिवारको पनि त्यति सहयोग नभएको बताएका छन् । उनले आफ्नै जिद्दीले चलचित्र क्षेत्रमा आएका हुन् । विराजले यो क्षेत्रमा स्थापित हुन निकै नै संघर्ष गरेका छन् ।

उनले पहिले सानो सानो रोलमा काम गरेर पछिमात्र नायकको भूमिकामा काम गर्न पाएका हुन् । उनी अहिले आफू सफल हुनुमा आफूले गरेको मेहेनत सम्झिन्छन् । अहिले फेरि उनी चलचित्रमा आउने तयारीमा छन् । विराज भट्ट पहिलो पटक चलचित्र निर्देशन गर्न लागेका छन् । उनले निर्देशन गर्न लागेको चलचित्र साङ्लो चैत्रबाट फ्लोरमा जाने बताइएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्