चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको नयाँ गीत रिलिज (भिडियो)



१८ माघ २०७५, काठमाडौँ

टंक बुढाथोकी नेपालका निकै चर्चित गायक र संगीतकार पनि हुन् । उनले थुप्रै गीतहरुमा संगीत भरेका छन् भने थुप्रै गीतहरुमा आवाज पनि दिइसकेका छन् । पछिल्लो समयमा अशोक दर्जीलाई लिएर उनी बढी चर्चामा आउने गर्छन् । भर्खरै मात्र टंकको नयाँ गीत सार्वजनिक भएको छ ।

टंक बुढाथोकीको शब्द र संगीत रहेको रेवन चस्मा बोलको गीतमा टंक बुढाथोकी र निरुता बानियाँको आवाज रहेको छ । निकै रमाईलो शैलीको गीतमा टंक अलिशा र बाल कलाकार अनिस र अनानीलाई फिचरिङ गराइएको छ । उक्त गीतलाई राजिव समरले कोरियोग्राफी गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्