रहेनन् चर्चित कलाकार बिएस राणा, ७८ बर्षको उमेरमा भयो निधन



१८ माघ २०७५, काठमाडौँ

बिएस राणा नेपाली चलचित्र जगत्मा परिचित नाम हो । उनी निकै अव्वल अभिनय गर्न सक्ने कलाकार हुन् । वि.सं २०४१ सालमा निर्माण भएको चलचित्र अन्याय बाट नेपाली चलचित्र जगत्मा आएका उनले १०० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् ।

उनै कलाकारको आज निधन भएको छ । ७८ बर्षका बिएस राणा केहि समयदेखि बिरामी थिए । उनको राजधानीको टिचिङ अस्पतालमा उपचार भैरहेको थियो । उपचारको क्रममा उनको मुटुमा पनि समस्या देखिन थालेपछि उनको निधन भएको बताइएको छ ।

उनले नेपाली चलचित्र क्षेत्रमा ठूलो योगदान दिएका छन् । उनको असामयिक निधनले अहिले पुरै नेपाली चलचित्र क्षेत्र नै स्तब्ध भएको छ । उनको पशुपतिनाथमा आजै अन्तिम संस्कार गरिने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्