लामो समयपछि यी चर्चित नायक नायिका देखिए एउटै गीतमा (भिडियो)



१८ माघ २०७५, काठमाडौँ

अहिले नेपाली चलचित्र क्षेत्रमा नयाँ कलाकारको वर्चस्व बढी देखिन्छ । पुराना सुपरहिट कलाकार पनि अहिले चलचित्रमा त्यति सक्रिय छैनन् । चलचित्रमा भन्दापनि सबैजना आफ्नै व्यक्तिगत जीवनमा व्यस्त छन् ।

लामो समयपछि पहिलेका चर्चित कलाकार एकसाथ फ्रेममा देखिएका छन् । पहिलेका चर्चित ती नायक राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ र तीन नायिका करिश्मा मानन्धर, तृप्ती नाडकर र मौसमी मल्ल सम्भवत पहिलो पटक एउटै गीतमा देखिएका छन् ।

चलचित्र तुलसी को एक लोक शैलीको गीतमा यी कलाकारले निकै राम्रोसँग नाचेका छन् । रन्जित गजमेरको शब्द र संगीत रहेको आजको रमाइलो बेला बोलको गीतमा साधना सरगम र कुमार कान्छाको आवाज रहेको छ । गीतलाई गोविन्द राईले कोरियोग्राफी गरेका हुन् । निकै रमाइलो शैलीको गीतमा पुराना सुपरहिट कलाकारको केमेष्ट्रि निकै राम्रो देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्