पोखरामा मेलिना राईको यस्तो धमाकेदार प्रस्तुती (भिडियो)



१७ माघ २०७५, काठमाडौँ

मेलिना राई अहिलेकी सर्वाधिक व्यस्त र डिमाण्डेड गायिका हुन् । अहिले बजारमा मेलिना राईका गीत छ्याप छ्याप्ती छन् । उनको आवाज हरेक प्रकारका गीतमा सुहाउने खालको छ । त्यसैले पनि उनी हरेक प्रकारका गीतहरु गाउने गर्छिन् ।

मेलिना राई सर्वाधिक हिट गायिका भएकाले देश तथा विदेशका कार्यक्रममा पनि व्यस्त भैरहने गर्छिन् । केहिदिन अघिमात्र उनी पोखरामा आयोजित एक कार्यक्रममा पुगेकी थिइन् । त्यहाँ मध्यरातमा उनले पोखराका दर्शकलाई निकै नचाइन् ।

मेलिनाले गाएका नाच्ने खालका गीत प्रशस्तै छन् । उनले पोखरामा आफ्ना सर्वाधिक हिट डान्सिङ गीतहरु गाइन् । उनको प्रस्तुतीमा पुरा पोखरा नै झुमेको थियो । त्यस्तो रातिपनि उनले सबैलाई खुब रमाईलो दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्