‘ए मेरो हजुर २’ पछि सलिनमानको दोस्रो चलचित्र ‘यात्रा’ को टिजर सार्वजनिक



१७ माघ २०७५, काठमाडौँ

सलिनमान बनियाँ चलचित्र ए मेरो हजुर २ बाट नेपाली चलचित्र क्षेत्रमा आएका हुन् । उनले पहिलो चलचित्रबाट नै दर्शकको अत्यन्तै माया र साथ पाउन सफल भए । पहिलो चलचित्र सफल भएपछि यतिबेला उनी आफ्नो दोस्रो चलचित्रको तयारीमा छन् ।

उनले अभिनय गरेको दोस्रो चलचित्र यात्रा को केहिदिन अघिमात्र फस्टलुक सार्वजनिक गरिएको थियो । भर्खरै मात्र चलचित्रको अफिसियल टिजर पनि सार्वजनिक भएको छ ।

सार्वजनिक टिजरमा प्रेम र एक्सनको मेल देख्न सकिन्छ । चलचित्र यात्रा यहि चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । सोहि मितिमा अनमोल केसीको बहुप्रतिक्षित चलचित्र ए मेरो हजुर ३ पनि रिलिज हुँदैछ । चलचित्रमा यात्रा मा सलिनमानका साथ सलोन बस्नेत, रियर राई, प्रेक्क्षा बज्रचार्य, जान्वी बस्नेत, धिरेन शाक्य लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्