३ अर्बमा क्रिकेट मैदान बनाउँदै धुर्मुस सुन्तली



१७ माघ २०७५, काठमाडौँ

धुर्मुस सुन्तली चिन्नको लागि नौलो नाम होइन । आफ्नो रियल नामभन्दा पनि उनीहरुलाई मेरी बास्सैँ नामक हाँस्य टेलिसिरियलले दिएको यो नामले उनीहरु परिचित छन् । पछिल्लो समयमा कलाकार भन्दापनि समाजसेवीको रुपमा आफ्नो परिचय बनाएका धुर्मुस र सुन्तली यतिबेला नेपालमा क्रिकेट मैदान बनाउने तरखरमा छन् ।

वि.सं २०७२ सालको भूकम्पमा तहसनहस भएका नेपालका विभिन्न क्षेत्रमा घर बनाउने योजनालाई यी दुईले सफल बनाइसकेका छन् । त्यस्तै अब यी दुईले नेपालमा निकै ठूलो क्रिकेट मैदान बनाउने योजना बनाएका छन् । हिजोमात्र राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै धुर्मुस र सुन्तलीले यो कुराको जानकारी गराएका छन् ।

उक्त कार्यक्रममा सुन्तली (कुञ्जना घिमिरे) ले आफूहरुलाई सहयोग गर्ने सम्पूर्ण नेपालीलाई धेरै धन्यवाद दिइन् । उनले आफू मध्यम परिवारमा नै खुसी भएको तर त्यो भन्दा बढी खुसी नेपालीको सेवा गर्नमा लागेको बताइन् । सुन्तलीले क्रिकेट मैदान बनाएरै छोड्ने बताइन् । उनले यसको लागि सम्पूर्ण नेपाली र नेपाल सरकारको पनि निकै सहयोग चाहिने बताइन् । त्यतिमात्र नभएर सुन्तलीले करिब ३ अर्बको हाराहारीमा क्रिकेट मैदान तयार हुने बताएकी छिन् । उनले यो सम्पूर्णको नेपालीको लागि गौरवको कुरा हुने समेत बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्