करिश्माको बायोपिकमा काम गर्ने रहर छ : विपना थापा



१७ माघ २०७५, काठमाडौँ

विपना थापा कुनै समयकी नेपाली चलचित्र क्षेत्रकी निकै नाम चलेकी नायिका हुन् । उनले नेपाली चलचित्रमा धेरै सुपरहिट चलचित्र दिएकी छिन् । तर पछि एक भारतीय नागरिकसँग विवाह गरेपछि उनी नेपाली चलचित्र क्षेत्रबाट टाढा भइन् । विवाहपछि उनी नेपाली चलचित्रमा फर्किनन् ।

अहिले उनी आफ्ना श्रीमान् र ७ बर्षीय छोरासँग भारतको मधुरामा बस्दै आएकी छिन् । उनी केहिसमय अघि नेपाल आएकी थिइन् । त्यसबेला उनले आफूलाई चलचित्रमा आउन रहर भएको तर आफू अब एक आमा पनि भएकाले आफ्नो कर्तव्य निभाउनु पर्ने बताइन् ।

उनले अर्को बर्ष आफ्ना छोरालाई होस्टेल हालेर चलचित्रमा फर्कने योजना रहेको बताएकी छिन् । उनले आफूलाई करिश्मा मानन्धरको जीवनी मा आधारित चलचित्रमा काम गर्न रहर भएको बताइन् । उनले करिश्मा समाजमा थुप्रै महिलाहरुको लागि राम्रो उदाहरण भएकाले आफूलाई उनको बायोपिकमा चलचित्र बने काम गर्ने रहर भएको बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्