भुवन केसीले राजेश हमाललाई यस्तो भनेपछि …..



१७ माघ २०७५, काठमाडौँ

राजेश हमाल नेपाली चलचित्र क्षेत्रमा महानायमको रुपमा परिचित छन् भने भुवन केसी सदावहार नायकको रुपमा परिचित छन् । यी दुईलाई सधैँभरि एकअर्काको कडा प्रतिस्पर्धीको रुपमा हेरिन्थ्यो । यी दुई नायकले एकसाथ केहि चलचित्रमा काम पनि गरेका छन् । तर त्यति हुँदाहुँदै पनि यी दुईबीच खासै राम्रो सम्बन्ध भने हुन सकेन ।

अहिले राजेश हमाल पर्दाबाट टाढा छन् भने भुवन केसी विभिन्न चलचित्र निर्माण र निर्देशन गर्नमा व्यस्त छन् । हालैमात्र भएको एक अन्तवार्तामा भुवनले राजेशको बारेमा केहि कुरा भनेका छन् । जुन अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

भुवनलाई तपाईले कुनै कलाकारले गरेको भूमिका आफूले गर्न पाएको भए कुन गर्नुहुन्थ्यो भन्ने प्रश्न सोधिएको थियो । उक्त प्रश्नमा भुवनले अनौठो खालको जवाफ दिएका छन् । भुवनले कुनै कलाकारले गरेका भूमिका मैले गर्न पाए हुन्थ्यो भन्ने राजेश हमालको चलचित्र सकुन्तला मा लागेको थियो । मलाई उक्त चलचित्रमा राजेश हमालले लगाएको साडी लगाएर चलचित्रमा काम गर्ने रहर थियो । तर मेरो जुङ्गाले सुहाउँदैनथ्यो जस्तो लाग्यो । उनको यो जवाफबाट उनले राजेश हमालको तारिफ गरेका हुन् वा उनको मजाक उडाएका हुन् यो भने उनलाई नै थाहा होला ।

 

 

प्रतिक्रिया दिनुहोस्