लामो समयपछि चलचित्रमा फर्कदैँ रमित, १८ लाख लिएर गरे नयाँ चलचित्र साइन



१७ माघ २०७५, काठामाडौँ

रमित ढुङ्गाना कुनै समयका नेपाली चलचित्रका निकै व्यस्त र चर्चित अभिनेता हुन् । चलचित्र माया नमार बाट नेपाली रजतपटमा भित्रिएका रमितले थुप्रै हिट चलचित्र दिएका छन् । पछिल्लो समयमा नेपाली चलचित्र जगत्म नयाँ कलाकारको आगमनले पुराना कलाकार हराउँदै गए । जसमध्ये रमित ढुङ्गाना पनि एक हुन् ।

रमित लामो समयपछि चलचित्रमा फर्कदैँ छन् । हुन त उनले करिब २ बर्ष अघि आफ्नै लगानीमा चलचित्र बुद्ध वर्न इन नेपाल नामक चलचित्र निर्माण गरेका थिए । तर विडम्बना उनको उक्त चलचित्र बक्सअफिसमा नराम्रोसँग डुब्यो । अहिले करिब २ बर्षपछि रमितले नयाँ चलचित्र साइन गरेका छन् ।

उनले सरु राईले निर्माण गर्न लागेको अनटाइटल प्रोजेक्ट साइन गरेका छन् । यस चलचित्रको लागि उनले १८ लाख पारिश्रमिक लिने भएका छन् । उनले आफूलाई लामो समयपछि चलचित्रको कथा मन परेकाले चलचित्र गर्न राजी भएको बताए ।

अहिले चलचित्रको लागि नायिकाको खोजी भइरहेको सरुले बताइन् । रमितले आफूलाई यस चलचित्रमा आफ्नो भूमिका निकै मन परेको र आफूले त्यसको लागि निकै मेहेनत गर्नुपर्ने बताए । चलचित्रको छायांकन यहि चैत्रको पहलो साताबाट सुरुहुने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्