‘दाल, भात, तरकारी’ को पहिलो गीतमा यस्तो देखियो हरिवंश, निरुता, आँचल र पुष्पको केमेष्ट्रि



१२ माघ २०७५, काठमाडौँ

लामो समयपछि चलचित्रमा फर्किएकी चर्चित नायिका निरुता सिंह यतिबेला चलचित्र दाल, भात, तरकारी मा व्यस्त छिन् । चलचित्रमा उनको जोडी हरिवंश आचार्यसँग जोडिएको छ । भर्खरै मात्र चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ ।

हरिवंश आचार्यको शब्द र शम्भुजित बास्कोटाको संगीत रहेको भिजिट भिषा मा बोलको गीतमा नेपाल आइडल सिजन १ का फस्ट रनरअप निशान भट्टराई र अञ्जु पन्तको आवाज रहेको छ । उक्त गीतमा चलचित्रका मुख्य कलाकार हरिवंश, निरुता, आँचल, पुष्प र बर्षालाई फिचरिङ गराइएको छ ।

निकै रमाईलो शैलीको गीतलाई चर्चित कोरियोग्राफर कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । चलचित्र दाल, भात, तरकारी लाई सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्र दाल, भात, तरकारी आउँदो वैशाख १३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्