राम्री केटीको चिना हेर्न कि चलचित्रमा रोमान्स गर्न मज्जा भन्ने प्रश्नमा हरिहरको यस्तो जवाफ (भिडियो सहित)



११ माघ २०७५, काठमाडौं

नेपालका चर्चित युवा ज्योतिष हरिहर अधिकारी चलचित्र शुभ लभ मार्फत डेब्यु गर्दैछन् । उनको चलचित्रको पहिलो गीत निसान भट्टराईको आवाजमा रहेको शुभ लभ रिलिज भईसकेको छ ।

चलचित्रमा हरिहरसँगै कृस्टिना पनि चलचित्रमा डेब्यु गर्दैछिन् । यो चलचित्रले ज्योतिषको कथा बोकेको बताईएको छ ।

एक मिडियामा अन्तरवार्ता दिने क्रममा पत्रकारले राम्री केटीको चिना हेर्न मज्जा कि राम्री केटी सँग चलचित्रमा रोमान्स गर्न मज्जा भन्ने प्रश्नमा उनले दुबै उस्तै भएको बताए । राम्री केटी भएर चिना नराम्रो र राम्री केटी भएर पनि परफमेन्स नराम्रो हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्