निशान भट्टराईको आवाजमा युवा ज्योतिष हरिहर अधिकारीको पहिलो चलचित्र ‘शुभ लब’ को पहिलो गीत सार्वजनिक



१० माघ २०७५, काठमाडौँ

हरिहर अधिकारी युवापुस्तामा निकै चर्चित युवा ज्योतिष हुन् । उनको ज्योतिषिमा धेरैले विश्वास गर्छन् । ज्योतिषको रुपमा आफूलाई स्थापित गरिसकेका हरिहर अब चलचित्रमा पनि आउँदैछन् ।

उनले खेलेको पहिलो चलचित्र शुभ लब को पहिलो गीत भर्खरै सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द र संगीत रहेको शुभ लब बोलको गीतमा नेपाल आइडल सिजन १ का फस्ट रनरअप निशान भट्टराई र मिना सिंहको आवाज रहेको छ । उक्त गीतमा चलचित्रका मुख्य नायक नायिका हरिहर अधिकारी र क्रिस्टिन पौडेललाई फिचरिङ गराइएको छ ।

निकै नै रमाइलो शैलीको गीतमा हरिहरले आफ्नी रिसाएकी प्रेमिका क्रिस्टिनलाई फकाइरहेका छन् । उक्त गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । उनले यसअघि पनि थुप्रै गीतहरुमा कारियोग्राफी गरिसकेका छन् । चलचित्र शुभ लब यहि चैत्र १५ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ ।

 

 

प्रतिक्रिया दिनुहोस्