आँचल शर्मा भन्छिन्, ‘म राम्री छु तर सेक्सी छैन’



१० माघ २०७५, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा नै निकै लोकप्रिय बन्न पुगेकी नायिकामध्ये आँचल शर्मा पनि एक हुन् । उनी चलचित्र नाई नभन्नु ल ४ बाट नेपाली रजतपटमा भित्रिएकी हुन् । त्यसपछि उनले लगातार चलचित्रमा काम पाइरहेकी छिन् । उनी सफल मोडल पनि हुन् । यतिबेला आँचल चलचित्र दाल, भात, तरकारी को छायांकनमा व्यस्त छिन् । यहि क्रममा एक अन्तवार्तामा आँचलले आफ्ना केही कुराहरु खोलेकी छिन् ।

उनले आफूलाई खाना खान एकदमै मन पर्ने बताइन् । त्यतिमात्र नभएर उनले आफूले धेरै खाना खाने पनि बताएँछिन् । आँचलले आफूलाई सबैले राम्री भन्दिदा आफू साच्चैँ नै राम्री भएको महशुस हुने बताइन् । उनले आफूलाई सेक्सी चाहिँ नभएको बताइन् । आँचल निकै चुलबुले नायिका हुन् । उनी सबैसँग छोटो समयमा नै घुलमिल हुन सक्छिन् ।

उनले आफूलाई थोरै बोल्ने मिठो बोल्ने केटा मन पर्ने बताएकी छिन् । आँचल आफूलाई सफल नायिकाको रुपमा हेर्दिनन् । उनले आफूले अझै धेरै मेहेनत गर्न बाकीँ रहेको पनि बताइन् । निकै राम्री आँचलले आफूलाई धर्मप्रति पनि आस्था रहेको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्