निरुताले एयरपोर्टमा हंगामा मच्चाएकी थिइन्, हरिवंशले खोले पोल



९ माघ २०७५, काठमाडौँ

नायिका निरुता सिंह लामो समयपछि चलचित्रमा फर्किएकी छिन् । उनी कुनै समयकी नेपाली चलचित्र क्षेत्रकी निकै नै चर्चित नायिका हुन् । तरपछि केहि कारणबस् उनी चलचित्रबाट टाढा रहेकी थिइन् । यतिबेला निरुता चलचित्र दाल, भात, तरकारी मा व्यस्त छिन् । यस चलचित्रमा धेरै कलाकारको अभिनय रहेको छ । यो चलचित्रमा निरुताको जोडी हरिवंशसँग बाधिएको छ ।

चलचित्र दाल भात तरकारी को छायांकनको क्रममा नायिका निरुता सिंह र हरिवशं आचार्यसँग कुराकानीको क्रममा हरिवंशले निरुताको एक पोल खोलेका छन् । हरिवंश र मदनकृष्ण श्रेष्ठ नेपाली चलचित्र क्षेत्रका निकै स्थापित कलाकार हुन् । यी दुई निकै रमाइला पनि छन् । जहाँ गएपनि सबैले मह जोडीको निकै नै तारिफ गर्ने गर्छन् ।

कुराकानीको बेला निरुता धेरै समयअघि एकपटक चितवन जादाँ हरिवंश र मदनकृष्ण सँग आफू भएको तर उनले आफू भद्रपुर र मह जोडी चितवन जान लागेको बताइन् । उनले त्यस बेला फ्लाइट पर्खदा आफूलाई मह जोडीले निकै नै हसाएको बताइन् । उनी यतिधेरै हासिछिन् की उनको फ्लाइट छुटेको उनले पत्तो नै पाइनन् । त्यसपछि उनले यति जोडले चिच्याइछिन् की उनको बोली सुनेर एयरपोर्ट नै हल्लिएको रहेछ । निरुता र हरिवंशले त्यो रमाईलो पल सम्झिदैँ आफूहरुलाई त्यस समय निकै रमाईलो लागेको बताए ।

त्यतिमात्र नभएर हरिवंशले त्यसबेलाको निरुतालाई सम्झेर नै अहिले चलचित्रमा अफर गरेको समेत बताए । चलचित्र दाल, भात, तरकारी निकै रमाईलो चलचित्र बनेकाले आफूहरु निकै उत्साहित रहेको पनि हरिवंश र निरुताले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्