पहिलो पटक एकअर्कासँग भिड्दै अनमोल, प्रदिप र सलिनमान ?



९ माघ २०७५, काठमाडौँ

अहिले नेपाली चलचित्र क्षेत्रमा राम्रो क्रेज भएका अभिनेतामध्ये प्रदिप खड्का र अनमोल केसीको नाम अग्रस्थानमा आउँछ । यी दुई अभिनेताले आफू एकअर्काको प्रतिस्पर्धी नभएको बताउँछन् तर दर्शकले यी दुईलाई एकअर्काका प्रतिस्पर्धीको रुपमा हेरेका छन् । यो बर्ष अनमोलको २ चलचित्र प्रदर्शन हुँदैछन् । फागनु १७ मा क्याप्टेन र चैत्र २९ मा ए मेरो हजुर ३ रिलिज हुँदैछ ।

यो बर्ष अनमोलको दुवै चलचित्रसँग दुई ठूला व्यानरका चलचित्रसँग जुध्दैछ । फागुन १७ मा क्याप्टेनसँग आशिरमानको द ब्रेकअप र चैत्र २९ मा ए मेरो हजुर ३ सँग सलिनमान बनियाँको यात्रा जुध्दैछ । अब चैत्र २९ मा प्रदिपको लब स्टेशन पनि जुध्ने सम्भावना बढेको छ । प्रदिपको लब स्टेशन पहिले चैत्र १ मा आउने कुरा थियो । तर पछि रिलिज डेट सरेर चैत्र २९ हुने सम्भावना देखिएको छ ।

चलचित्र लब स्टेशन का निर्माता गोविन्द शाहीले चलचित्र लब स्टेशन यहि चैत्रभित्र नै प्रदर्शन हुने बताएका छन् । उनको कुराबाट यहि साबित हुन्छ कि लब स्टेशन अब चैत्र २९ मा नै रिलिज हुने सम्भावना देखिएको छ । यदि यसो भएमा चैत्र २९ यो बर्षको सबैभन्दा ठूलो भिडन्त हुनेछ । ३ चर्चित अभिनेताको चलचित्र एकसाथ प्रदर्शन हुनु यी अभिनेताको लागि पनि चुनौतीको कुरा हो ।

 

 

प्रतिक्रिया दिनुहोस्