बर्षा र सन्जोगका फ्यानका लागि खुसीको खबर, यहि भ्यालेन्टाइन डे मा गर्दैछन् विवाह



३० पुष २०७५, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रमा एकदमै रुचाइएको जोडीमध्ये बर्षा राउत र सन्जोग कोइराला पनि एक हुन् । बर्षा र सन्जोग विगत ७ बर्षदेखि प्रेममा रहेका छन् । यो जोडीलाई दर्शकले निकै रुचाउने गरेका छन् ।

त्यसैले पनि सबैमा बर्षा र सन्जोगको विवाह कहिले हुन्छ भन्ने कुराको कौतुहलता बढी छ । तर दर्शकको यो इच्छा अब पुरा हुने भएको छ । बर्षा र सन्जोगले यहि फेब्रअरी १४ अर्थात् भ्यालेनटाइन डे को दिन सन्जोगसँग लगनगाठो कस्ने भएकी छिन् ।

यो कुराले अहिले सबैलाई खुसी र अचम्मित पनि बनाएको छ । बर्षा र सन्जोगले अन्तवार्तामा कहिले पनि आफूले यो मितिमा विवाह गर्ने भनेर तय गरेका थिएनन् । तर उनीहरुले आफ्ना फ्यानहरुलाई ठूलो सरप्राइज दिएका छन् ।

बर्षाले आफ्नो विवाहको कार्ड पनि सामाजिक सञ्जालमा सार्वजनिक गरिसकेकी  छिन् । बर्षाले आफ्नो जोडीलाई यसरी नै सधौभरि रुचाइदिन र आर्शीवाद दिन पनि सबैलाई आग्रह गरिन् । उनीहरुको विवाहको कार्ड निकै नै राम्रो बनेको देख्न सकिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्