५ लाख भन्दा माथि पुग्यो निरुताको डिमाण्ड ?



२९ पुष २०७५, काठमाडौँ

नायिका निरुता सिंह करिब ८,९ बर्षपछि नेपाली चलचित्र क्षेत्रमा फर्किएकी छिन् । उनी धेरैसमय पछि नेपाली चलचित्र क्षेत्रमा फर्किएकाले अहिले जताततै उनको डिमाण्ड हुन थालेको छ । चलचित्र गर्न नभ्याएर उनले कति चलचित्र  त छोडिसकेकी पनि छिन् । यतिबेला भने निरुता चलचित्र दाल, भात, तरकारी मा व्यस्त छिन् ।

निरुताले कहिसमय अघिमात्र विकास आचार्यको चलचित्र हजार जुनी सम्म बाट हात झिकेकी छिन् । उनले आफूले नभ्याएकाले उक्त चलचित्र छाडेको बताएकी थिइन् । तर अहिले उनले उक्त चलचित्रबाट पारिश्रमिकको कुरा नमिलेर हात झिकेको सुन्नमा आएको छ । उनले सुदर्शन थापाको चलचित्र बाट पनि हात झिकेकी छिन् ।

त्यस चलचित्रमा पनि पारिश्रमिककै कुरा नमिलेको बताइएको छ । उनले उक्त चलचित्र मा ५ लाख माथिको डिमाण्ड गरेकी थिइन् । उनको डिमाण्ड पुरा गर्न नसक्ने भएकाले चलचित्र निर्माण टिमले नायिका गौरी मल्ललाई निरुताको ठाउँमा भित्र्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्