अन्तवार्तामा आफ्नो बाबालाई सम्झेर भावुक भइन् भाइरल समिक्षा अधिकारी



२९ पुष २०७५, काठमाडौँ

अहिले समिक्षा अधिकारी निकै चर्चामा आइरहेकी छिन् । उनले चलचित्र नाई नभन्नु ल ५ मा गाएको बालापनको उमेर गीत निकै चर्चित भयो । उक्त गीतलाई दर्शकले निकै रुचाए तर उक्त गीत समिक्षाले नै गाएको भन्ने चाहिँ नै कमैलाई  मात्र थाहा थियो । तर पछिल्लो समयमा समिक्षा सबैको नजरमा पर्न सफल भएकी छिन् । पहिलो गीतबाट सफलता मिलेपछि भर्खरै मात्र समिक्षाको नयाँ गीत सार्वजनिक भएको छ ।

बाबाको लागि बनाइएको गीत निकै भावुक शैलीको रहेको छ । उक्त गीतलाई दर्शकले अहिले अत्याधिक रुचाइरहेका छन् । यसैक्रममा समिक्षाले एक अन्तवार्तामा आफ्ना केहि कुराहरु खोलेकी छिन् । समिक्षा आफैपनि आफ्नो गीत सुनेर भावुक भएकी थिइन् । उनले उक्त गीत आफ्नो जीवनमा पनि मेल खाने बताइन् । उनले आफ्ना बाबा पनि विदेशमा रहनु भएको तर केहिदिन अघिमात्र नेपाल फर्किनुभएको बताइन् । उनलाई यो स्थानसम्म ल्याउन वसन्त सापकोटाको निकै ठूलो हात रहेको छ । समिक्षाले पनि वसन्तलाई आफ्नो कर्म दिने बाबु रहेको बताएकी छिन् ।

समिक्षा अन्तवार्ता दिने क्रममा आफ्नो बाबुलाई सम्झेर भावुक बनेकी थिइन् । उनले आफ्नो पहिलो गीत सार्वजनिक हुँदा बाबा विदेशमा ड्राइभरको काम गर्ने र त्यस बेला विदेशमा पनि मेरी छोरीको गीत भनेर सबैलाई सुनाउँदै हिड्ने गरेका बताइन् । यसो भनिरहँदा समिक्षा भावुक भएकी थिइन् । अहिले उनको नयाँ गीतलाई पनि उनका बाबाले निकै मन पराउनु भएको छ । उनले आफ्नो गीत सुनेर बाबा निकै भावुक र खुसी हुनु भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्