जल शाहकी स्व. आमा प्रेमा शाहको डकुमेन्ट्रि सार्वजनिक (भिडियो सहित)



२९ पुष २०७५, काठमाडौँ

जल शाह हाल नेपालमै छिन् । नेपाली चलचित्र क्षेत्रबाट टाढा रहि केहि समयदेखि आफ्ना परिवार सहित अमेरिकामा बसोवास गर्दै आएकी जल आफ्ना पती र  छोरीसँग केहि समय अघि आफ्नी आमाको बार्षिक उत्सवका लागि नेपाल आएकी थिइन् । उनकी आमा प्रमा शाह जसले नेपाली साहित्यिक क्षेत्रमा आफूलाई निकै राम्रोसँग चिनाएकी थिइन् । उनका कृतिहरु अझैपनि नेपाली साहित्य क्षेत्रमा लोकप्रिय छन् ।

प्रेमा शाहको जीवनसँग आधारित भएर बनाइएको उनको डकुमेन्ट्रि सार्वजनिक भएको छ । जहाँ उनले आफ्नो जीवनमा गरेका संघर्ष र उनले हासिल गरेको सफलतालाई उतार्न खोजिएको छ । उनी नेपाली साहित्यिक क्षेत्रमा निकै लोकप्रिय थिइन् । केहि समय अघिदेखि उनी आफ्नी छोरीसँग अमेरिकामा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्