आहा ! कति राम्री लिलिबिली गर्ल जसिता गुरुङ (फोटो सहित)



२९ पुष २०७५, काठमाडौँ

जसिता गुरुङ अहिलेकी सर्वाधिक व्यस्त र डिमाण्डेड अभिनेत्री हुन् । चलचित्र लिलिबिली बाट नेपाली चलचित्रमा आएकी जसिता अहिलेको धेरै निर्माता निर्देशकको नजरमा परेकी छिन् । उनको लोभलाग्दो सुन्दरता र अभिनयका कारण उनी चर्चामा आउने गर्छिन् । उनले  पहिलो चलचित्र लिलिबिली बाट धेरै अवार्डहरु हात पार्न समेत सफल भएकी छिन् ।

जसिता युकेमा बस्छिन् । उनको पुरा परिवार नै युकेमा रहेको छ । चलचित्र  लब स्टेशन को छायांकन सकेर उनी अहिले युकेमा छिन् । जसिता सामाजिक सञ्जालमा सक्रिय भैरहने अभिनेत्री हुन् । केहिदिन अगाडी मात्र जसिताले सामाजिक सञ्जालमा वान पिस लगाएका आफ्ना केहि तस्बिरहरु सेयर गरेकी छिन् । जहाँ उनलाई निकै बोल्ड देखिएको छ । जसिताको यहि सुन्दरतामा आखाँ लाउने धेरै छन् ।

 

प्रतिक्रिया दिनुहोस्