पहिलो पटक स्टेजमा एकसाथ यसरी नाचे राजेश र प्रियंका (भिडियो सहित)



२९ पुष २०७५, काठमाडौँ

राजेश हमाल नेपालका सुपरस्टार हुन् । कुनै समयमा नेपाली चलचित्र क्षेत्रलाई उनले मात्र लिड गरेका थिए । पछिल्लो समयमा नयााँ कलाकारको आगमन भएसँगै राजेशको स्टारडम घट्दै गएको हो र उनी चलचित्रमा कम देखिन थालेका हुन् । तर आजपनि उनी सबैका लागि त्यति नै प्रिय छन् ।

केहिदिन अघिमात्र नेपालमै भएको एक सांस्कृतिक कार्यक्रममा राजेश हमाल उपस्थित भएका थिए । उनीसँगै अन्य धेरै चर्चित कलाकार पनि सहभागी भएका थिए । त्यसबेला नायिका प्रियंका कार्की पनि त्यहाँ पुगेकी थिइन् । प्रियंकाको डान्सको त झन कुरै नगरौँ । सबैजना उनको डान्सको फ्यान हुन् ।

उक्त कार्यक्रममा हजारौँको सङ्ख्यामा दर्शकको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा पहिलो पटक प्रियंका र राजेशले एकसाथ डान्स गरेका थिए । प्रियंका र राजेशले एकसाथ डान्स गर्दा उनीहरुको लागि दर्शकले निकै साथ दिएका थिए । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्