पल र आँचलको नयाँ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)



२७ पुष २०७५, काठमाडौँ

नेपाली सिनेवृतमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको खुब चर्चा हुने गर्छ । दर्शकले यो जोडीलाई निकै नै रुचाको छ । अझ धेरैले त यी दुईबीच प्रेम भएको समेत बताएका छन् । यी दुईले एकसाथ केहि चलचित्रमा काम गरिसकेका छन् । म्यूजिक भिडियोमा त झन् यो निकै हिट जोडी नै हो । यी दुईले एकसाथ थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेका छन् । भर्खरै मात्र यी दुईको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सौरव तिमल्सिनाको शब्द र नेपालको चर्चित गायन रियालिटि शो दि भ्वाइस अफ नेपालका विजेता सि.डी विजय अधिकारीको संगीत रहेको मायालु बोलको गीतमा रमेश कडेल र मेलिना राईको आवाज रहेको छ । निकै मिठो शैलीको गीतमा आँचल र पलको निकै मिलेको केमेष्ट्रि देख्न सकिन्छ । उक्त गीतलाई जीवन शाहीले निर्देशन गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्