चर्चित बाल गायिका समिक्षा अधिकारीको बालापनको उमेर पछि दोस्रो गीत सार्वजनिक (भिडियो सहित)



२७ पुष २०७५, काठमाडौँ

चलचित्र नाई नभन्नु ल ५ यो बर्षको निकै  सफल चलचित्र हो । चलचित्रलाई दर्शकले निकै रुचाए । त्यस्तै चलचित्रका गीतसंगीतले पनि बजारमा निकै चर्चा पाए । जसमध्ये एक हो, बालापनको उमेर…… यो गीतले बजारमा निकै नै चर्चा पायो । विशेषगरी यस गीतकी बाल गायिकाको स्वरलाई दर्शकले निकै राम्रो प्रतिक्रिया दिए । तर ती बालिका को हुन् भनेर धेरैलाई थाहा थिएन ।

केहिसमय यता उक्त गीतकी बाल गायिका समिक्षा अधिकारी सामाजिक सञ्जालमा निकै लोकप्रिय बन्दै गएकी छिन् । उनको भिडियोलाई पनि दर्शकले निकै रुचाएका छन् । समिक्षाको पहिलो गीत सफल भएसँगै उनको दोस्रो गीत पनि भर्खरै सार्वजनिक भएको छ ।

दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीत रहेको बनमा काफल बोलको गीतम समिक्षा अधिकारीको आवाज रहेको छ । निकै भावुक र मन छुने गीतमा समिक्षा स्वयम् पनि फिचर्ड छिन् । भिडियोमा समिक्षालाई अन्य कलाकारले पनि साथ दिएका छन् । उक्त गीतको भिडियोलाई सरोज वलीले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्