चलचित्र ‘रोज’ को पारिश्रमिक अहिलेसम्म पाएका छैनन् प्रदिपले



२७ पुष २०७५, काठमाडौँ

प्रदिप खड्का अहिलेका हटकेक अभिनेता हुन् । उनको सामाजिक सञ्जालमा निकै लोभलाग्दो क्रेज रहेको छ । त्यसैकारण पनि निर्माता निर्देशकको आखाँ उनीमाथि पर्ने गर्छ । यतिबेला उनी चलचित्र लब स्टेशन को केहि छायांकनका लागि नेपाल बाहिर गएका छन् । नेपाली चलचित्र क्षेत्रमा निर्माता निर्देशकले चलचित्र रिलिज पछि कलाकारलाई पैसा नदिने बानी नै परिसकेका छ । त्यसैभित्र नायम प्रदिप खड्का पनि परेका छन् ।

गोपी कृष्ण मुभिजको ब्यानरमा बनेको प्रदिप खड्का स्टारर चलचित्र रोज गत भदौमा प्रदर्शनमा आएको थियो । चलचित्रले बक्सअफिसमा त्यस्तो कमाल गर्न सकेन । तर चलचित्रको फूल होइन बोलको गीतले भने बजारमा निकै चर्चा पायो । चलचित्र रोज का कलाकार र प्रावधिक सबैले चलचित्रबाट आफूले पैसा नपाएको बताएका छन् । अभिनेता प्रदिप खड्काले पनि आफूले धेरैपटक आफ्नो पारिश्रमिक मागेको तर निर्माण टिमले वास्ता नै नगरेको बताएका छन् ।

प्रदिप खड्का चलचित्र रोज मा २५ लाख मा अनुबन्धित भएका थिए । उनले बरु निर्मताले पैसा छैन भनेदेखि आफूले आफ्नो पारिश्रमिक नलिने तर एकचोटी निर्माताले कुरा चैँ गर्दा राम्रो हुने बताए । उनले चलचित्र रोज आफ्नो पनि चलचित्र भएकाले बरु छैन भने आफूले पैसा नमाग्ने बताएका छन् । त्यस्तै चलचित्रकी मुख्य नायिका परमिता राणाले पनि आफ्नो पारिश्रमिक अहिलेसम्म नपाएको बताएकी छिन् । यस विषयमा चलचित्रका निर्देशक निरक पौडल मौन बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्