निखिल र बर्षाको भिडन्त, हलमा एकैसाथ आए ‘भिलेन’ र ‘चौका दाउ’



२७ पुष २०७५, काठमाडौँ

आज शुक्रबार बाट हलमा दुई ठूला चलचित्रहरु  प्रदर्शनमा आएका छन् । अभिनेता निखिल उप्रेती र शिल्पा  पोखरेल स्टारर चलचित्र भिलेन र बर्षा राउत स्टारर चलचित्र चौका दाउ हलमा एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्र भिलेन एक्सन प्रधान चलचित्र हो भने चलचित्र चौका दाउ पूर्ण कमेडी प्रधान चलचित्र हो ।

चलचित्र चौका दाउ मा नायिका बर्षा राउत मुख्य भूमिकामा छिन् । यो चलचित्र उनले आफ्नो लागि निकै विशेष भएको बताएकी छिन् । त्यस्तै यता शिल्पा पनि चलचित्र भिलेन बाट निकै आशावादी रहेकी छिन् । दुवै चलचित्रमा नाम चलेका कलाकारहरु रहेका छन् । अब दर्शकले कस्को चलचित्रलाई धेरै रुचाए त्यसको जानकारी भने आउन बाकीँ नै छ ।

 

 

प्रतिक्रिया दिनुहोस्