लिखुदेम्बा यातायातको सेवा शुभारम्भ तथा शेयर बिक्रि खुल्ला



१४ मंसिर २०७५, काठमाडौँ

लिखुदेम्बा यातायात प्रालिले काठमाडौँबाट रामेछाप हुँदै ओखलढुंगाका रगनी, खिजीचण्डेश्वरी, खिजीफलाटे, पोकली, गाम्नाङ लगायतका क्षेत्रमा सेवा दिने सांसद यज्ञराज सुनुवारद्वारा उद्घाटन सम्पन्न भएको छ ।

प्रथम साधारणसभा, सेवा शुभारम्भ तथा शेयर बिक्रि खुल्ला कार्यक्रममा प्रमुख अतिथि सांसद यज्ञराज सुनुवार, पूर्व सांसद रामहरी खतिवडा तथा देबशंकर पौडेल, कांग्रेस जिल्ला सभापति प्रदिप सुनुवार, कलाकार गोम्बु शेर्पा लगायत अन्य समाजसेवीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा सांसद सुनुवारले बधाई व्यक्त गर्दै स्थानीयलाई उक्त सेवाले सहज हुने बताए । उनले विकास निर्माणका कार्यमा आवस्यक परे कुनैपनि क्षेत्रमा सहयोग गर्न पछि नहट्ने प्रतिवद्धता समेत जनाए ।

आवश्यक परेको ठाँउमा सहयोग गर्ने भन्दै पूर्व सांसद खतिवडाले अहिलेको तिव्र सडकको विकाससँगै स्थानीयहरु समृद्धिको यात्रामा अघि बढेको बताएका थिए ।

पूर्व सांसद पौडेलले कुनैपनि क्षेत्रको विकास त्यहाको मात्र नभई सबैको साझा भएको प्रष्ट पार्दै विकास निर्माणका काममा सक्दो सहयोग गर्ने बताए ।

प्रालिका सचिव भिमराज सुनुवार भन्छन्, जिल्लामा सडक पुगेपनि दैनिक चल्ने सवारी साधन नहुँदा स्थानीयलाई समस्या परेको र आफैले सेवा सहितको व्यवसाय शुरु गर्यौ ।

जिल्लाको कर्णालि भनेर चिनिने ओखलढुंगाका विकट तथा दुर्गम क्षेत्रमा बसले सेवा दिन थालेपछि स्थानीयहरु निकै हर्सित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्