‘गुस्तुङ पिक’ को सफल आरोहण



१४ कार्तिक २०७५, म्याग्दी

धवलागिरि गाउँपालिका–१ गुर्जास्थित ‘गुस्तुङ पिक’ हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ । राजन भोटेको नेतृत्वमा रहेको आठ सदस्सीय फ्रान्सेली टोलीले ६ हजार ४६५ मिटर अग्लो गुस्तुङ पिक हिमालको सफल आरोहण गरेको हो ।

आरोहण टोलीमा फ्रान्सका चार्सी हेनरी, हेर्भन बेलियर, अल्वर्ट लुरेन्ट, लोमर डिमिस्ट्रिस, इरियोस क्लाउडे, सुज्जल्थ फ्रेन्ससियोस, सोफी बेलियर र पाउल ग्रोवेल सहभागी थिए । आरोहण टोलीमा तीन नेपाली नागरिकसमेत सहभागि थिए । गत असोज अन्तिम साता हिमालतर्फ गएको टोली सफल आरोहण गरेर मङ्गलबार गुर्जा आइपुगेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

सात हजार १९३ मिटर अग्लो गुर्जा हिमालको आरोहणका लागि गएका पाँच दक्षिण कोरियाली तथा चार नेपाली नागरिकको गत असोज २४ गते आधार शिविरमा ज्यान गएको थियो । गुर्जा पश्चिम हिमाल आरोहण गर्न गएको जापानी टोली भने आरोहण गर्न नसकेर फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्