तुलसीपुरमा व्यापारिक स्तम्भ बन्ने



०४ कार्तिक २०७५, दाङ

तुलसीपुर उपमहानगरपालिकाले  तुलसीपुरको  पहिचानलाई  स्थापित गर्नका लागि  बहुउद्देश्यीय  तुलसी ट्रेड टावर  निर्माण गर्नेे भएको छ ।

उपमहानगरपालिकाले  निजी क्षेत्रसंँग सहकार्य गरेर  सुविधायुक्त व्यापारिक स्तम्भ   निर्माण गर्ने भएको हो । त्यसका लागि उपमहानगरपालिकाले चालु आवमा रु १० करोड  बजेट विनियोजन गरेको नगरप्रमुख घनश्याम पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार सो स्तम्भ  उपमहानगरपालिको आफ्नै कार्यालय भवन नजीकै रहेको तरकारी मण्डीभित्र निर्माण गरिने छ ।

त्यहाँस्थित तरकारी मण्डी अब छिटै उपमहानगरपालिकाको वडा नं ६ मा निर्माण गर्ने लागिएको तरकारी बजार केन्द्रमा सारिने छ ।  स्तम्भ निर्माणका लागि अब छिट्टै प्रक्रिया अगाडि बढाइने उपमहानगरपालिकाले जनाएको छ । करीब रु ४० करोडको लागतमा बनाइने सो स्तम्भमा क्यु एफ, एक्स चलचित्रघरसहित   सात तला रहने छ ।

प्रतिक्रिया दिनुहोस्