लामो समयपछि नायिका सञ्चिताद्धारा अभिनीत चलचित्र ‘गुनगुन’ को ट्रेलर सार्वजनिक



२४ असोज २०७५, काठमाडौँ

नायिका सञ्चिता लुईटेल कुनै समयकी नेपालकी निकै चर्चित र सफल नायिका हुन् । उनी नेपाली चलचित्र क्षेत्रमा आएको निकै समय भैसकेको छ । उनले आफ्ना पूर्वपतिलाई डिभोर्स दिएर नेपालका एक्सन किङ्गका रुपमा परिचित बरिष्ठ नायक निखिल उप्रेतीसँग विवाह गरेपछि उनी नेपाली चलचित्र क्षेत्रबाट टाढिएकी हुन् । निकै समयसम्म चलचित्र क्षेत्रबाट टाढिएपछि पछिल्लो समयमा उनले गरेको चलचित्र राधा प्रदर्शनमा आएको थियो । जहाँ उनको जोडि नायक जीवन लुईटेलसँग बाधिएको थियो र चलचत्रि बक्सअफिसमा सफल पनि भयो ।

हालैमात्र नायिका सञ्चिता लुईटेलले खेलेको नयाँ चलचित्र गुनगुन को ट्रेलर सार्वजनिक भएको छ । उनले राधा पछि करिब २ बर्षको अन्तरालमा चलचित्र गुनगुनमा अभिनय गरेकी हुन् । उक्त चलचित्रमा उनको साथ सुवास मेचे, रबिन्द्र प्रताप सेन, नविन श्रेष्ठ, गणेश जी.सी, अनु भट्टराई, सुमेश श्रेष्ठ, देशभक्त खनाल, रबिन्द्र लम्साल लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र गुनगुन कार्तिक ३० बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्