दशैँ तिहारको सन्दर्भमा गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक



११ असोज २०७५, काठमाडौँ

नेपालीहरुको दुई महान चाड दशैँ र तिहार नजिकिदै बजारमा दशैँ र तिहारका गीतहरु पनि धमाधम सार्वजनिक हुन थालेको छ । लोकदोहोरी देखि आधुनिक होस् वा चलचित्र क्षेत्रमा सबैतिर दशैँ र तिहारको माहोलले छोइसकेको छ । यस्तैमा हालैमात्र नेपालकी निकै चर्चित र सबैकी प्रिय गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ ।

रामचन्द्र ढकालको शब्द र प्रकाश नेपालीको संगीत रहेको कति म सम्झु बोलको गीतमा मेलिना राईको आवाज सुन्न सकिन्छ । आफ्नो विदशेमा भएको श्रीमान्लाई दशैँ र तिहारमा सम्झिरहेको सन्दर्भमा यो गीत बनाइएको छ । उक्त गीतमा नायिका मरिस्का पोखरेललाई फिचरिङ गराईएको छ । उक्त गीतको भिडियोलाई धुर्मुस सुन्तलीको अफिसियल युट्युब च्यानलमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्