सकियो ‘द भ्वाइस अफ नेपाल’ को ब्लाइन्ड अडिसन : ब्याटल राउण्डका लागि भिड्दैछन् ४८ प्रतिस्पर्धी



११ असोज २०७५, काठमाडौँ

अहिले नेपालमा दुई ठूला गायन रियालिटि शो बीच चर्को प्रतिस्पर्धा भैरहेको छ । एपी वान टेलिभिजनद्धारा प्रशारण गरिने नेपाल आइडल र कान्तिपुर टेलिभिजनबाट प्रशारण गरिने द भ्वाइस अफ नेपाल अहिले निकै रुचाइएका रियालिटी शो हरु हुन् । द भ्वाइस अफ नेपाल सुरु भएको केहि समयमै अत्यन्तै सफलता पाएको रियालिटी शो हो । अहिले मानिसहरु कहिले शनिबार र आइतबार आउला भनेर भ्वाइस अफ नेपाल हेर्न कुरिरहेका हुन्छन् ।

द भ्वाइस अफ नेपालको ब्लाइन्ड अपडसन समाप्त भएको छ । देशका कुनाकुनाबाट आएका प्रतिस्पर्धीबाट ४८ जना ब्याटल राउण्डका लागि छानिएका छन् । द भ्वाइस अफ नेपालमा निर्णायक ( कोच ) का रुपमा रहेका दीप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेलको मन जित्दै र आफूलाई मन परेको कोचलाई चुज गर्दै ४८ प्रतिस्पर्धी ब्याटल राउण्डमा पुग्न सफल भएका हुन् ।

द भ्वाइस अफ नेपालमा सधैँ कोचहरुले एउटै लुगा लगाएको कुरामा पनि निकै आलोचना भएको थियो । तर शो को नियम अनुसार कोचहरुले ब्लाइन्ड अडिसनभरि एउटै कपडा लगाएका थिए ।तर अब ब्याटल राउण्ड झन् रोचक हुने भएको छ । किनकी ब्याटल राउण्डमा कोचहरुको लुगामात्र नभएर द भ्वाइस अफ नेपाल को स्टेज पनि परिवर्तन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्