हेमराजको नयाँ चलचित्रमा प्रदिप फाइनल



१० असोज २०७५, काठमाडौँ

अहिलेका चर्चित नायक प्रदिप खड्का हाल चलचित्र लब स्टेशनको काममा व्यस्त छन् । एकपछि अर्को सफल चलचित्र दिईरहेका प्रदिप अब भने निर्देशक हेमराज बिसीसँग पनि काम गर्ने भएका छन् । हेमराजले यसअघि होस्टेल, क्लासिक जस्ता चलचित्र निर्माण गरिसकेका छन् ।

उनले बनाउन लागेको नयाँ चलचित्रमा प्रदिप खड्का अनुबन्धित भएका छन् । हेमराजले चलचित्रको नाम भने खुलाउन चाहेनन् । उनले प्रदिपको अपोजिटमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग कुरा गरेको बताएका छन् ।

साम्राज्ञी चलचित्रको लागि साइन नगरेपनि मौखिक रुपमा भने सहमति जनाइकी छिन् । हेमराजले प्रदिपसँग भने कागजी रुपमै चलचित्रको लागि सम्झौता गरिसकेका छन् । चलचित्रको छायांकन बैशाखबाट सुरु हुने हेमराजले बताएका छन् । भैरवी र लब स्टेशनजस्ता चलचित्रमा प्रदिपसँग काम गर्न अस्वीकार गरेकी साम्राज्ञीसँग प्रदिपको जोडि बन्ला कि नबन्ला यसको लािग भने केहि समय पर्खनै पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्