नेपाल आइडलबाट चर्चा कमाएका प्रताप दासको नयाँ गीत सार्वजनिक



१० असोज २०७५, काठमाडौँ

नेपाल आइडलबाट चर्चा कमाएका प्रतिस्पर्धी प्रताप दासले नेपाल आइडलपछि निकै गीतहरु गाइसकेका छन् । नेपाल आइडलमा हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै फाइनलमा पुगेर सेकेण्ड रनर अप बन्न सफल प्रताप दास आजभोली निकै व्यस्त छन् ।

उनले केहि चलचित्रमा पनि गीत गाइसकेका छन् । केहिसमयअघि मात्र उनले चलचित्र रोज को फूल होइन काँडा बोलको गीत गाएका थिए जुन गीतले निकै सफलता पनि पायो । हालैमात्र प्रतापको नयाँ गीत बजारमा आएको छ । मनोज सुनुवारको शब्द संगीत रहेको अलि अलि बोलको गीतमा प्रताप दासको आवाज रहेको छ । उक्त गीतमा निर्जली र दिल कुमाललाई फिचरिङ गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्