चलचित्र निमार्णको सर्तमा धमला संग बिवाह भएको होईन : नायिका गौतम



१० असोज २०७५, इटहरी

नव नायिका एलिजा गौतमले मिडियामा प्रचार भएजस्तो फिल्म निर्माण गर्ने सर्तमा बिवाह नभएको बताएकी छिन् । अनुराग नामक चलचित्रको निर्माण गरी आफैंले अभिनय गरेकी गौतमले पत्रकार ऋषी धमलासँग बिवाह हुँदा यस्ता कुनै सर्त नभएको उल्लेख गरेकी हुन् ।

आगामी आश्विन १२ गते शुक्रवारबाट प्रर्दशनमा आउन लागेको चलचित्र अनुरागको प्रमोशनका लागि इटहरी आएकी गौतमले पत्रकारसँग कुरा गर्दै बिवाह एउटा सामाजिक र भावनात्मक बन्धन भएको र त्यसमा सर्त नहुने बताईन् । ‘बिवाह एउटा भावनाले जोडिने नाता हो ।’ एलिजाले भनिन् ‘बिवाहमा कुनै शर्त हुँदैन, यदि हुन्छ भने त्यो बिवाह नै हैन ।’

निर्माता समेत रहेकी एलिजा र नव नायक समुन्द्र पण्डितको डेब्यु चलचित्र अनुराग आगामी आश्विन १२ गतेबाट देशैभर प्रर्दशनमा आउँदै छ । अनु र रागको प्रेममा आउने उचारचढावको कथा फिल्ममा देखाउन खोजिएको नायिका गौतमले बताईन् । गौतमका अनुसार चलचित्र सांगितीक प्रेम भाव बोकेको छ । हलमा गएका दर्शकलाई निराश नवनाउने गौतमको जिकिर छ ।

सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ । ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् ।

भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् ।

चलचित्रमा नायिका गौतम र नायक पण्डितका अलावा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारहरुको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्