प्रहरीको कडा सुरक्षा सहित टंक र ए.आरसँग पहिलो पल्ट कार्यक्रममा लागि चितवन पुगे अशोक



९ असोज २०७५, काठमाडौँ

नेपालका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीसँग मन बिनाको धन ठूलो की धन बिनाको मन गीत गाएर एकाएक चर्चामा आएका बाल गाएका अशोक आजभोलीका दिनमा अत्यन्तै व्यस्त छन् । छोटो समयमै सबैको मनमा बस्न सफल अशोकका अहिले यतिधेरै फ्यानहरु भएका छन् कि देशमा मात्र नभएर विदेशमा पनि उनको निकै खोजी हुन थालेको छ । त्यसैका कारण आजभोली अशोक देशविदेशका कार्यक्रममा निरन्तर व्यस्त भैरहेका छन् ।

अशोक दर्जी अहिले टंक बुढाथोकीसँग उनकै घरमा काठमाडौँमा बस्दै आएका छन् । भर्खरै मात्र आफ्नो दोस्रो गीत रेकर्ड गरेर भ्याएका अशोक टंक र उनका छोरा ए.आरसँग पहिलो पटक सांस्कृतिक कार्यक्रममा लागि चितवन पुगेका छन् । चितवनमा अशोक, टंक र ए.आर को निकै भव्य र सव्य तरिकाले स्वागत गरियो । चितवनमा अशोकलाई हेर्ने दर्शकको बाढी नै आएको थियो । उनको सुरक्षा गर्न प्रहरीहरुको नै जरुरत पर्यो । प्रहरीको घेरामा टंक अशोक र ए.आर चितवनको सांस्कृतिक कार्यक्रममा गएका थिए ।

आफ्नो सुमधुर स्वरका कारण सबैको प्रिय बन्न सफल बाल गायक अशोक दर्जीलाई हेनैको लागि चितवनमा हजारौँ दर्शकहरु उपस्थित भएका थिए । उनको दोस्रो गीत चाडैँ नै रिलिज हुने टंक बुढाथोकीले जानकारी गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्