चलचित्र ‘लब स्टेशन’ को पशुपतिनाथमा गरियो शुभ मूर्हत : देखियो प्रदिप जसिताको सुहाएको जोडि



८असोज २०७५, काठमाडौँ

नायक प्रदिप खड्का अहिलेका निकै व्यस्त र चर्चित नायक हुन् । चलचित्र लिलिबिली बाट नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको जोडि निकै चर्चामा आएको थियो । चलचित्र लिलिबिली लाई दर्शकले अत्यन्तै रुचाएका थिए भने प्रदिप र जसिताको जोडिको पनि दर्शकले खुलेरै तारिफ गरेका थिए ।

यहि जोडिलार्य दर्शकले फेरिएकपटक पर्दामा देख्न पाउने भएका छन् । प्रदिप र जसिता फेरि जोडिको रुपमा चलचित्र लब स्टेसनमा देखिने भएका छन् । असोज ५ बाट छायांकनमा जाने भनिएको चलचित्र केहि कारणबस अब शुक्रबारबाट मात्रै छायांकनमा जाने भएको छ । चलचित्र लब स्टेसनको आज पशुपति मन्दिरमा शुभ मुर्हत गरिएको छ । उक्त शुभ मुर्हतमा चलचित्रका नायक प्रदिप नायिका जसिता गुरुङ निर्माता गोबिन्द शाही लगायतका कलाकारहरु उपस्थित भएका थिए । चलचित्रको छायांकन दार्जिलिङ र सिकिम लगायतका क्षेत्रमा हुने चलचित्र निर्माण टिमले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्