बाल गायक मनिष लिम्बुको पहिलो गीत सार्वजनिक



८ असोज २०७५, काठमाडौँ

अत्यन्तै मिठा स्वरका धनी बाल गायक मनिष लिम्बु को पहिलो गीत सार्वजनिक भएको छ । युट्युबमा दिनानुदिन भाइरल बन्दै गएका मनिष लिम्बु सानै उमेरमा आफ्नो स्वरका कारण सबैको प्रिय बन्न सफल भएका छन् । आफूलाई मेलिना राईको फ्यान बताउने मनिष मेलिना राईको गीतहरु बढी सुन्ने बताउँछन् ।

सुहाङ्ग लिम्बुको शब्द संगीत रहेको गीतमा मनिष लिम्बर र सुहाङ्ग लिम्बुको आवाज सुन्न सकिन्छ भने गीतको भिडियोमा पनि मनिष र सुहाङ्गलाई नै फिचरिङ गराईएको छ । देश भाव बोकेको गीत अत्यन्तै मिठो शैलीको रहेको छ । उनले युट्युबमा गाएका गीतहरुले निकै चर्चा पाएका छन् । अहिलेसम्म म्यूजिक नसिकेका साना मनिषको भविष्यमा ठूलो गायक बन्ने सपना रहेको बताउँछन् । मिठो स्वरका कारण उनले धेरै ठूला व्यक्तिहरुलाई पनि प्रभावित बनाइसकेका छन् र  मनिषलाई धेरै ठाउँबाट आर्थिक सहयोगहरु पनि आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्