यशकुमारद्धारा निर्मित चलचित्र छिरिङ को ‘ए कान्छा’ बोलको गीत सार्वजनिक



७ असोज २०७५, काठमाडौँ

नेपालका चर्चित नायक तथा गायक यशकुमार परियारले निर्देशन गरेको चलचित्र ‘छिरिङ’ प्रदर्शनको तयारीमा छ । चलचित्र छिरिङको नयाँ गीत भर्खरै सार्वजनिक भएको छ ।

पासाङ बङ्बलको शब्द र यशकुमारको संगीत रहेको ए कान्छा बोलको गीतमा यशकुमार र सुनिता थेगिमको आवाज रहेको छ । धेरै समय पहिले आएको अरुणा लामा र रुद्र गुरुङको आवाजमा रहेको सर्वाधिक सफल ए कान्छा बोलको गीतलाई चलचित्र छिरिङमा फेरि रिमेक गरेर राखिएको छ । उक्त गीतमा चलचित्र छिरिङ का मुख्य कलाकार यशकुमार र कामनालाई फिचरिङ गराईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्