विकाशको नयाँ चलचित्र ‘हजार जुनी सम्म’ मा स्वस्तिमा भइन् फाइनल



७ असोज २०७५, काठमाडौँ

सुन्दर मुहार र चन्चले स्वभावकी नायिका स्वस्तिमा खड्का अहिलेकी निकै व्यस्त र डिमाण्डेड नायिका हुन् । चलचित्र होस्टेल रिटन्र्सबाट नेपाली चलचित्र जगत्मा पाइला चालेकी स्वस्तिमा छोटो समयमा नै निकै सफल भएकी नायिका हुन् । अहिले उनको हातमा चलचित्रको ओइरो लागेको छ । उनी एकपछि अर्को चलचित्रमा व्यस्त भैरहेकी छिन् ।

हालैमात्र स्वस्तिमाको मुख्य भूमिका रहेको चलचित्र नाई नभन्नु ल ५ प्रदर्शनमा आएको थियो । उक्त चलचित्र बक्सअफिसमा सफल साबित भयो । चलचित्र नाई नभन्नु ल ५ का निर्देशक विकाश आचार्यले नयाँ चलचित्र निमार्ण गर्न लागेका छन् । म्यूजिकल लब स्टोरीमा आधारित चलचित्र हजार जुनी सम्म मा उनी अनुबन्धित भैसकेकी छिन् । चलचित्रमा स्वस्तिमाको लगि नयाँ नायकको खोजी भैरहेको यसका निर्देशक विकाश आचार्यले बताएका छन् । हाल स्वस्तिमा उनको नयाँ चलचित्र बुलबुल मा व्यस्त छिन् ।

 

प्रतिक्रिया दिनुहोस्