रेकर्डिङ हुदैँछ अशोक दर्जीको दोस्रो गीत



चर्चित गायक तथा संगीतकार ट्रक बुढाथोकीसँग मन बिनाको धन ठूलो की धन बिनाको मन गीत गाएर एकाएक चर्चामा आएका बाल गायक अशोक दर्जीको दास्रो गीत हाल रेकर्डिङ भैरहेको छ । निकै सुमधुर स्वरका धनी अशोक पहिले देखि नै सडकको पेटिमा बसेर गीत गाउने गर्थे तर मन बिनाको धन ठूलो की धन बिनाको मन गीतले नै उनलाई चर्चाको शिखरमा पुर्यायो ।

अशोक हाल काठमाडौँमा टंक बुढाथोकीसँग उनकै घरमा बस्दै आएका छन् । उनले गाएको पहिलो गतिले यतिधेरै चर्चा पायो की अशोक र टंकले उक्त गीतबाट अवार्ड पनि पाउन सफल भए । त्यहि गीतका कारण अशोक अहिले देशविदेशका कार्यक्रममा निकै व्यस्त हुने गर्छन् । पहिलो गीत सफल भएपछि अशोकका फ्यानहरु अशोकको दा्स्रो गीत कहिले आउँछ भन्दै पर्खिरहेका थिए । अशोकको दास्रो गीत रेकर्डिङको क्रममा छ । टंक बुढाथोकी, अशोक दर्जी र टंकका छोरा ए.आर बुढाथोकीको आवाज रहने चौरीको चाम्रो छुर्पि बोलको गीत हाल रेकर्डिङ भैरहेको छ ।

छोटो समयमै निकै चर्चा र फ्यान कमाउन सफल अशोकको दोस्रो गीतले मन बिनाको धन ठूलो की धन बिनाको मनले जस्तै सफलता कमाउँछ या कमाउँदैन त्यो भने केहिदिनमा थाहा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्