मेलिना राईको नयाँ गीत सार्वजनिक : प्रियंका कार्की फिचरिङमा



६ असोज २०७५, काठमाडौँ

मेलिना राई नेपालकी निकै चर्चित र सफल गायिका हुन् । छोटो समयमै दर्शकबाट अत्याधिक माया र साथ पाएर सफल भएकी मेलिना राई अहिलेकी निकै डिमाण्डेड र व्यस्त गायिका पनि हुन् । उनले छोटो समयमै निकै मन छुने गीतहरु गाईसकेकी छिन् । मेलिना राईको नयाँ गीत भर्खरै सार्वजनिक भएको छ ।

चन्द्र घिमिरेको शब्द र बसन्त सापकोटाको संगीत रहेको ए कालु बोलको गीतमा मेलिना राईको आवाज रहेको छ । भिडियोमा अहिलेकी टप नायिका प्रियंंका कार्कीलाई फिचरिङ गराईएको छ । निकै रमाईलो शैलीको गीतलाई चर्चित कोरियोग्राफर कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्