बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को ट्रेलर सार्वजनिक



६ असोज २०७५, काठमाडौँ

चलचित्र छक्का पञ्जा दर्शकले निकै रुचाएको र सफल चलचित्र हो । पहिलो सफल भएपछि यस चलचित्रकी निर्देशक दिपाश्री निरौलाले चलचित्रको दोस्रो सिरिज बनाइन् र दोस्रो सिरिजलाई पनि दर्शकले निकै रुचाए । उनले छक्का पञ्जाको दुवै सिरिज सफल भएपछि छक्का पञ्जा ३ पनि बनाइन् । जुन अब चाडैँ नै रिलिज हुदैँछ । सुटिङ सुरु हुनु अगावै निकै चर्चामा रहेको चलचित्र छक्का पञ्जा ३ को ट्रेलर सार्वजनिक गरिएको छ ।

यसअघि रिलिज गरिएको पहिलो नम्बरमा बोलको गीतले निकै चर्चा कमाईरहेको बेला चलचित्रको ट्रेलर पनि सार्वजनिक गरिएको हो । चलचित्रमा दिपाश्री निरौलाको निर्देशन रहेको छ । चलचित्रमा दिपकराज गिरी, दिपिका प्रसाई, जितु नेपाल, विल्सन विक्रम राई, केदार धिमिरे, शिवहरि पौडेल, निर शाह, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र दशैँको अवसरमा प्रदर्शनमा आउने तयारी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्