‘रामकहानी’ ले गरायो रेखा र भुवनको पुन : मित्रता



२५ भदौ २०७५, काठमाडौँ

हाल देशभरका हलहरुमा दुई ठूला ब्यानरका चलचित्रहरु भव्यताका साथ प्रदर्शन भैरहेका छन् । गोपी कृष्ण मुभिजको ब्यानरमा निर्मित नायक प्रदिप खड्का स्टारर चलचित्र ‘रोज’ र निर्देशक सुदर्शन थापाद्धारा निर्देशित चलचित्र ‘रामकहानी’ हेर्न यतिबेला हलहरुमा दर्शकको निकै भीड लागिरहेको छ । शुक्रबार बाट देशव्यापी रुपमा प्रदर्शनमा आएका दुवै चलचित्रले ४ दिनमा १ करोड भन्दा माथिको व्यापार गरेको छ भने चलचित्रको व्यापार अझै आक्रमक रुपमा बढ्ने देखिएको छ । यसैबीच आईतबार चलचित्र रामकहानी हेर्न हलमा नेपालका सदावहार नायक भुवन के.सी र नेपालकी चर्चित नायिका रेखा थापा पनि पुगेका थिए ।

केहि समयअघि रेखा र भुवनको सम्बन्ध निकै नराम्रोसँग बिग्रिएको थियो । नायिका रेखाले आफूलाई मेघास्टार र महानायिकाको ट्याग नदिईएको भन्दै गुनासो गरेपछि यसैबीच रेखा र भुवनको सम्बन्ध बिग्रिएकोे थियो । तर आईतबार रामकहानी हेर्न आउने दर्शक यी दुईको मित्रता देखेर छक्क परे । केहि समय अघिसम्म एक अर्काको मुख पनि हेर्न नचाहने भुवन र रेखा आईतबार रामहानी हेर्न आउँदा निकै रमाईलोसँग कुराकानी गर्दै थिए ।

त्यतिमात्र होइन उनीहरु एकअर्काको यति खुलेर तारिफ गर्दै थिए कि उनीहरुलाई देख्दा कसैले पनि कुनै समयमा रेखा र भुवनको बोलचाल थिएन भन्ने कुरा पत्याउनै सक्दैनन् । दुवैले ‘रामकहानी’ एकदमै राम्रो बनेको र पूजा र आकाशको काम चलचित्रमा उत्कृष्ट रहेको बताए । भुवनले पूजाको मात्र नभएर रेखाको पनि अभिनयको आफू निकै ठूलो फ्यान रहेको बताए भने रेखाले पनि आफू र भुवन एकअर्का को बेष्ट फ्रेन्ड भएको बताउँदै आफूलाई दर्शकले लेडि भुवन के.सी भन्दा निकै खुसी लाग्ने बताइन् । जे होस् रामकहानी ले रेखा र भुवनको पुन : मित्रता गराइदिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्